+
Search

ताजा अपडेट +

पपुलर +

‘अख्तियारमै घुस’ बोकेर पुगे किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत

पालिका लाइभ
२०८१ मंसिर २८, शुक्रबार २२:२० गते

काठमाडाैं– किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए ।

अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएपछि शुक्रबार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् ।

अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उनीमाथि परेको थियो ।

त्यसबारे आरोपीहरूको बयानसमेत सम्पन्न भएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ । सोही अनुसन्धानको कागजात पेश गर्न कञ्चनपुर पुगेका प्रशासकीय अधिकृत सापकोटाले एक लाख रकम घुस बोकेर पुगेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics