+
Search

ताजा अपडेट +

पपुलर +

४ महिनामा बैंक तथा वित्तीय संस्थाले दिए १ खर्ब २८ अर्ब ऋण

पालिका लाइभ
२०८१ मंसिर २७, बिहीबार १८:०६ गते

काठमाडौं- चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २८ अर्ब बराबरको ऋण प्रदान गरेका छन्।

अघिल्लो वर्ष ९९ अर्ब ४० करोड रुपैया रुपैयाँबराबरको ऋण प्रदान गरेकोमा चालू आवमा १ खर्ब २८ अर्ब ऋण प्रदान गरेका हुन्।

यो चार महिनामा बैंक तथा वित्तीय संस्थहरुको कर्जा प्रवाह २.५ प्रतिशतले बढेको हो।

वार्षिक विन्दुगत आधारमा भने २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics