काठमाडौं– बिहीबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ ।
मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो ।
उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार अध्यक्ष प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले भने, ‘भोलि बिहान ११ बजे बैठक बस्छ ।’
नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बणउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ।