काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरूको पद सुरक्षित नरहेको बताएका छन् ।
बिहीबार खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानीय तहका मेयरहरूको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरूको पद सुरक्षित नभएको बताएका हुन् ।
भिडिओ
उनले भने, ‘नयाँ कुरा केही छैन । राजनीतिकर्मीहरू बुझिहाल्नु हुन्छ । मेयर सा’पहरूको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरूको पदको सुरक्षा छैन । पद सुरक्षित छैन । राजनीतिक कुरा हो यस्तो भइहाल्छ ।’
साथै, उनले राजनीति व्यक्तिहरूले बोली बचनमा प्रतिबद्ध हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरूले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिमा आएका युवाहरूमाथि जनताको विश्वास छ । त्यसैले हामी राजनीति व्यक्तिहरूले बोली बचनमा प्रतिबद्ध हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौँ । जनताको कुरा कार्यान्वयन गराउनका निम्ति हामीले अगाडि बढ्नुपर्छ ।’
यसैगरी उनले सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।