स्थानीय तह निर्माण पश्चात् पहिलो कार्यकाल जनप्रतिनिधि बिताइसकेका छन् । अहिले दोस्रो कार्यकालका जनप्रतिनिधिहरू छन् । ५ वर्षे कार्यकालका लागि निर्वाचित भएर आएका उनीहरूको पनि आधा कार्यकाल सकिसकेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा आएसँगै गाउँ गाउँमा विकासले फड्को मार्दै गएको नागरिकहरूले बताउने गरेका छन् । तर, लमजुङको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्य प्रसार्द गुरुङले भने निर्वाचित भएर आएको साढे २ वर्षमा कस्तो अनुभव गरेका छन् ? संघ र प्रदेशबाट आएका कार्यक्रमबारे के भन्छन् ? पालिका लाइभ सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश
बाहिरबाट देखेको र आफैँले नेतृत्व गरेको पालिकामा के फरक पाउनुभयो ?
निर्वाचित भएर आएपछिको आधा कार्यकाल बित्दै गर्दा नयाँ नयाँ अनुभव लिएका छौँ । निर्वाचित भएर आएपछि क्व्होलासोथार गाउँपालिकामा स्रोत र साधनको सिमितासंगै धेरै समस्याबाट अगाडी बढ्यौ । लमजुङको सन्दर्भमा सबैभन्दा कम बजेट हाम्रै पालिकामा हो । यति हुँदा हुँदै पनि पालिकामा जनता आउने भन्दा पनि जनतामा पालिका भन्ने हिसाबले सबै कार्यक्रम तय गरेर अगाडी बढिराखेका छौँ । विपद् पर्दा अप्ठ्यारो पर्दा नजिकको सरकार स्थानीय सरकार छ भन्ने आभास हामीले दिन सकेका छौँ । धेरै कुराहरू हामीले सोचे अनुसार गर्न सकेका छैनौँ । स्रोत र साधनको कमी, कर्मचारीको अभाव लगायत कानुनहरू बाझिएको हुँदा जुन ढंगले अगाडि बढ्ने सोचेका थियौ । त्यो अनुसार अगाडी बढ्न सकेका छैनौँ । यति हुँदाहुँदै पनि जनताले स्थानीय सरकार छ । मेरो घर आँगनमा स्थानीय सरकार आउँछ भन्ने बनाउँछौँ ।
यो अवधिमा के काम गर्नुभयो ? हिजो निर्वाचनमा गरेका वाचा र घोषणापत्र सम्झिनु भएको छ ?
चुनावको समयमा जनताको घरदैलोमा जाँदा गरेका घोषणा पत्र हामीलाई राम्ररी सम्झना छ । त्यो घोषणा पत्र निर्वाचनको लागि मात्र ल्याएको होइन । घोषणापत्र अनुसार धेरै काम गर्न बाकी छ । आधा कार्यकाल बित्दै गर्दा मुलत् हामीले पहिलो काम प्रशासकीय भवन निर्माणलाई पूर्णता दियौ । नयाँ प्रशासकीय भवनबाट जनतालाई सेवा प्रवाह गरिराखेका छौँ । कामकाजमा धेरै सहज भएको छ । दोस्रो ५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा थियो । यो सम्पन्न भई सञ्चालनमा आएको छ । अर्को हामीले ९ नम्बर वडामा वडा कार्यालय थिएन ।
अहिले हामीले वडा कार्यालय निर्माण गरेका छौँ । वडा नम्बर ७ मा वडा कार्यालय निर्माण गरेका छौँ । स्वास्थ्य संस्था निर्माण गरेका छौँ । पस्कौ र भुजुङलाई सडक सञ्जालमा जोडेका छौँ । रुधि खोला र लिभिङ खोलामा पुल निर्माण सम्पन्न पश्चात् अहिले प्रयोगमा आएको छ । त्यसैगरी सडक सञ्जाल निर्माणले जिलुङ र पालिकाबिच पोखरा जाने दुरीलाई घटाएको छ । सँगसँगै अरू क्षेत्रमा पनि उत्तिकै जोड दिएका छौँ । विशेष गरी विपद्को समयमा गाउँपालिका अग्रसर भई जनताको घरदैलोमा पुगेर खोज, उद्धार र पुरस्थापना गर्ने सम्मका कामहरू पनि गरिराखेका छौँ । हाम्रो समपूरक बजेट अन्तर्गत ५०÷५० प्रतिशत मोटरेवल पुल निर्माणको चरणमा अघि बढेको छ ।
पालिकाको वातावरण राम्रो बनाउनका लागि पालिका परिसरमा एउटा पोखरी निर्माण गरेका छौँ । यसले पालिकाको सौन्दर्य राम्रो भएको छ । हाम्रो पालिकाभित्र होमस्टे रहेकाले होमस्टेलाई पनि जोड दिएका छौँ । पालिकाको आर्थिक समृद्धि नै होमस्टे व्यवसायलाई मानेका छौँ । घले गाउँमा मात्रै पाहुना सीमित हुनुहुँदैन भनेर मनाङ जाने पर्यटकीय रुटलाई पनि अगाडी बढाएका छौँ । यो अहिले प्रारम्भिक चरणमा छ । यसले कास्की र लमजुङलाई जोड्छ । यो रुट पोखराको काफलघारी हुँदै कालिकास्थान , सौर्य हुँदै हाम्रो गाउँपालिकाको ९ नम्बर वडा जिलोङ हुँदै दूधपोखरी पुगेर नाभुङबाट मनाङ जोड्ने एउटा महत्वाकांक्षी योजनालाई हामीले अहिले १० लाख विनियोजन गरेका छौँ । अहिले तत्काल प्रतिफल नदेखिए पनि पछि देखिन्छ । पछिल्लो समय गुरुङ सम्पदामार्गको कुरा आएको छ । भविष्यमा यसले पर्यटकीय गतिविधि बढाउँछ भन्ने सोच हो ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनमा देखिएको चुनौतीलाई कसरी लिनुहुन्छ ?
हाम्रो पालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृतबाट सेवा प्रवाह भइरहेको छ । तर कतिपय पालिकाहरूमा सरुवा हुने, नपठाउने र पालिकासँग समन्वय नहुँदा साझा समस्याको रूपमा रहेको छ । योजनाहरू एउटा गतिमा अघि बढिरहँदा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदै गर्दा बैकको खाता परिवर्तन देखि धेरै कुराहरू हुन्छन् । तर हाम्रो गाउँपालिकाको हकमा प्रमुख प्रशासकीय अधिकृतबाट पाउनुपर्ने सेवा सुविधाका कामहरू पाइरहेका छन् ।
पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित गर्नु भएको छ ?
नेपालको सन्दर्भमा सबैभन्दा समस्या यतिखेर शिक्षा क्षेत्रमा देखिएको छ । राज्यको ठुलो लगानी शिक्षा क्षेत्रमा रहेको छ । तर प्रतिफल पाउन सकिरहेको छैन । यो देशभर नै समस्या रहेको छ । हामी निर्वाचित भएर आएपछि भूगोल, परिवेशअनुसार ख्याल राख्दै आएका छौँ । कतिपय कुराहरूमा तदारुकताका साथ जान नसकिरहेको अवस्था छ । परीक्षा प्रणालीलाई एकरूपता ल्याउन वार्षिक प्रश्न पत्र पालिकाबाटै निर्माण गर्ने, यसले परीक्षामा एकरूपता ल्याउने, नतिजामा पनि समानता ल्याउने र विद्यार्थीको जाँच गर्ने बाटो राम्रो हुन्छ भन्ने हुँदा पालिकाबाटै वार्षिक प्रश्न पत्र पठाउने गएका छौँ । यसै गरी अनुगमनलाई तीव्रता दिएका छौँ । शिक्षकहरूलाई तालिम दिएका छौँ । गुणस्तरीय शिक्षाको कुरा गरिरहँदा हामीले गरेका योजनाहरू अगाडि लैजान सकेनौ भने अधुरै रहन्छ भन्ने हिसाबले तालिम दिने, अभिभावकहरूलाई सचेत गराउने लगायतका कार्यहरू गरिरहेका छौँ ।
स्थानीय तहलाई प्रदेश र संघ सरकारले कस्तो खालको सहयोग गरिदिए काम गर्न अझै सहज हुन्छ जस्तो लाग्छ ?
प्रदेश र संघिय सरकारको जुन ढंगको समन्वय हुनुपर्ने हो । त्यो समन्वय भइराखेको स्थिति छैन । अझै पनि यो समन्वयको अभाव देखिराखेका छौँ । जस्तै संघिय बजेट, नीति तथा कार्यक्रम, प्रदेशको नीति तथा कार्यक्रम र बजेट आउँदै गर्दा स्थानीय सरकारहरूलाई स्थानीय गौरवका आयोजना केके छन् भन्ने हिसाबले समन्वयात्मक हिसाबले अझ अर्को शब्दमा भन्नुपर्दा पत्र लेखेर सबै पालिकामा गौरवको आयोजना के छ ? गौरवको आयोजना पालिकैपिच्छे फरक हुनसक्छ । त्यहाँको भूगोल, परिस्थिति फरक हुनसक्छ । त्यसको अनिवार्य रूपमा सम्बोधन हुने हिसाबले जान सकियो भने विकासले अलि गति लिन्छ ।
कतिपय योजनाहरू सम्पन्न पश्चात् हिसाबकिताब मिलान गर्ने बेलामा माथिबाट निकासा नहुँदा समस्या भोगिरहेको अवस्था अहिले पनि छ । यो सवालमा गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिकाको संगठन नगरपालिका संगठनले पनि यो विषयलाई बारम्बार उठाइरहेको छ । नयाँ योजना नदिनुस् । चाहिँदैन पनि । तर नुन योजना जनताकोमा समिति बनेर काम अघि बढिसकेको छ । सम्पन्न भइसकेको छ । यस्ता योजनाको भुक्तानी गर्नु पर्यो नि? यो समस्या पनि भोगिराखेको छ । अर्को भनेको स्वास्थ्य क्षेत्रमा हामीले ग्रामीण भिडियो एक्स-रे सेवा सञ्चालन गरेका छौँ ।
८० वर्ष भन्दा माथि उमेरका वृद्ध वृद्धाहरूलाई घरघरमा गएर मासिक स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाएका छौँ । लगायत हामीले घुम्ती सेवाहरू, विभिन्न किसिमका शिविरहरू सञ्चालन गर्दै आएका छौँ । हाम्रो गाउँपालिकाको ९ नम्बर वडामा एमबिबिएस डाक्टरको व्यवस्था गरेर जनतालाई सेवा दिएका छौँ । यस पटक त्यहाँ हामीले ल्याब स्थापना गर्ने भनेका छौँ । एक्स-रे सुरु गर्ने भनेका छौँ । अहिले स्वास्थ्य चौकीबाट दिने सेवा सुविधा दिइराखेका छौँ । निकट भविष्यमा त्यहाँ संघिय सरकारसँग माग्ने, प्रदेश सरकारसँग माग्ने भन्ने होला । कतिपय हामीले नै बजेट विनियोजन गर्ने सोच बनाएका छौँ ।
तपाईँले गर्नु पर्ने या गर्न बाँकी रहेका योजनाहरू के के छन् ?
गर्नुपर्ने योजनाहरू धेरै बाकी छ । घले गाउँ जाने बाटोले तीव्रता लिएको छ । घले गाउँसम्म पिच बाटो पुर्याउनु छ । पुल निर्माण गर्न बाकी छ । बालुवादेखि कास्की र गोरखा रुदी खोलामा पुल निर्माण गर्न बाकी नै छ । कालोपत्रेको कामहरू सुरु गरेका छौँ । त्यसलाई पूर्णता दिन बाकी नै छ । लगायत अझै पनि स्वास्थ्य, शिक्षा, विपद्, पर्यटनका क्षेत्रको धेरै कामहरू बाकी छ । तर बजेट कम हुँदाहुँदै हामी जति बजेट छ त्यसैमा अघि बढिराखेका छौँ । कामहरू क्रमिक रूपमा अगाडि बढिराखेको हुँदा विकास भन्ने कुरा कहिले पनि सकिने कुरा होइन । एकै पटक सकिने कुरा पनि होइन । एउटा अभियान भएको हुँदा अभियान पालिका पनि सँगसँगै अगाडि बढिराखेको छ ।
तपाईँको घोषणा पत्रमा उल्लेख गर्नु भएको काम तपाईँको कार्यकालमा गर्न सक्ने आधार कारण दिन सक्नुहुन्छ?
कतिपय कुराहरू हामी आफैले गर्ने । कतिपय कुराहरू प्रदेश र संघिय सरकार मार्फत समन्वयात्मक हिसाबले हातेमालो गर्दै अगाडी बढ्ने हिसाबले पनि हामीले गरेका छौँ । पक्कै पनि एउटा दिशा समातिसकेको छ । हाम्रो त्रिवर्षीय आवधिक योजना थियो त्यो यो आर्थिक वर्षमा सकिँदै छ । नयाँ आवधिक योजना बनाउनेछौँ । ढुंगा, गिट्टी, बालुवा आइइइ गरेर अगाडी बढ्ने लगायतका धेरै कामहरू छन् । स्थानीय पाठ्यक्रम लागु गरेका छौँ । पाठ्यक्रमको सवालमा सोचिरहेका छौँ । हामीलाई सहयोग चाहियो । जनताको पनि विकासको सवालमा हुनुपर्यो । राजनीति चुनावको बेला आउँछ । घोषणापत्र लिएर जनताको घरमा जाँदै गर्दा आफ्नो कुराहरू गछौँ । तर चुनाव जितेर आइसकेपछि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष हुँदै गर्दा हामी पार्टीको अध्यक्ष होइन जनताको अध्यक्ष हो । जनताको साथ सपोर्ट चाहिन्छ । त्यसैले हामीले योजनाबद्ध रूपमा योजना अघि बढाइराखेका छौँ ।
याे पनि,
निर्वाचन घोषणापत्र अनुसारको ६० प्रतिशत काम गरे : अध्यक्ष गुरुङ (अन्तर्वार्ता)
स्थानीय सरकार खोज्दा देखिने र छाम्दा भेटिने बनाएका छौं- अध्यक्ष थापा (अन्तर्वार्ता)
चुनौतीलाई अवसरको रुपमा लिएको छु : उपाध्यक्ष गुरुङ (अन्तर्वार्ता)
प्रतिफल देखिने गरि काम गरिराखेका छौँ : उपाध्यक्ष भुजेल (अन्तर्वार्ता)
न्यायिक समितिमा आएका मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिन्छ: उपमेयर खनाल (अन्तर्वार्ता)
नागरिकको काम भएन भने मलाई पिडा हुन्छ : उपमेयर थोकर (अन्तर्वार्ता )
जित-जितको माध्यमबाट विवाद समाधान हुँदा न्यायिक कार्य दिगो भएको छ : उपप्रमुख पाण्डे [अन्तर्वार्ता]