काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमान्डुका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
काठमान्डुलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुई/दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एक/एक विकेट झारे ।
लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौँ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो ।
लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैटौँ स्थानमा छ ।