काठमाडौं- कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा यूपीआई (युनियन पे इन्टरनेसनल)का कार्ड स्वीकार गर्ने भएको छ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ आफ्ना सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने छ।
यसबाट व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकको छ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५०एक्सटेन्सन काउन्टर तथा५४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।
आगामी दिनहरुमा पनिअझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।