+
Search

ताजा अपडेट +

पपुलर +

असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याए- प्रधानमन्त्री ओली

पालिका लाइभ
२०८१ मंसिर २६, बुधबार १२:२५ गते

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने गरिरहेको भन्दै त्यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताएका छन्।

उनले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेश आचार्यलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएपछि लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए।

‘लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्छ। तर लोकतन्त्र र अराजकतालाई छ्ट्याउन आवश्यक छ,’ ओलीले भने, ‘असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन।’

उनले सूचनाको हकको कार्यान्वयनका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा आचार्यलाई प्रमुख आयुक्त तथा गगन विष्ट र दुर्गा भण्डारीलाई आयुक्त नियुक्त गर्ने निर्णय गरेको थियो।

विष्ट र भण्डारीलाई आचार्यले शपथ गराए। आचार्य नेपाली कांग्रेस तथा विष्ट र भण्डारी एमालेका कार्यकर्ता हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics