काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो सुन तोलामा ४ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।