काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्ससामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको छ।
अघिल्ला तीन खेलमा कमजोर बलिङ र फिल्डिङका कारण हार भोगेको लुम्बिनीले तेस्रो खेलमा खराब ब्याटिङका कारण लय गुमाएको थियो। तर एनपीएलको चौथो खेलमा आएर केही हदसम्म लुम्बिनीको बलिङ देख्न पाइएको छ।
एनपीएलमा लुम्बिनीले पहिलो पटक विपक्षीको ९ विकेट लिएको हो। तर फिल्डिङमा देखिएको समस्या भने खासै सुधार हुन सकेको छैन।
एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३ औँ ओभरमा लगातार तीन विकेट लिर्दै लुम्बिनीलाई ठुलो राहत दिए।
कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे। सन्दीप जोराले एक विकेट आफ्नो नाममा गरे।