काठमाडौं- स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबिच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो । सोही अनुसार शुक्रवार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् ।
उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् ।
एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।