काठमाडाैं– गत शुक्रवार बिहान तिलु शर्मा पौडेलले बाबा इन्टरटेन्मेन्ट टिभी मार्फत फ्याट्ट पोइल रत्यौली गीत बजारमा ल्याएका छन् ।
लोक संगीतलाई ज्याद्रै माया गर्ने पौडेलका ‘मदानीमा नेती, पर्वते माया’ जस्ता अन्य चर्चित झरो गीतहरू बजारमा छन् ।
आजभोलि परम्परागत रत्यौलीहरू लोपोन्मुख अवस्थामा छन् ।
रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्दछन् ।
शर्मा भन्छन् आमा छोराको सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका रत्यौलीलाई जोगाइराख्नु पनि लोक संगीतमा लागेकाहरूको धर्म हो ।
जवान भएकी छोरीलाई माइती पक्षसँग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि ! भन्ने भाव नै गीतको सार रहेको छ । छोरीहरूको जीवनका दैनिकी समेटिएका यथार्थपरक रत्यौली गीतहरू आजकल सुनिँदैनन्।
छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहे घरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ–मर्काइ नाच्ने विगतको मौलिक स्वाद र शैलीका रत्यौली अहिले हराइरहेको बखत शर्माको रत्यौलीले गाउँ सम्झनलाई प्रेरित गरेको छ ।
पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटि र प्रवेश पौडेलको स्वरमा ‘फ्याट्ट पोइल’ गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेका छन् ।
स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहलि र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटि दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् ।
भिडियो