काठमाडौं– हिजो ओरालो लागेको सुनको भाउ आज (मंगलबार) फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले बढेको छ ।
आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।