काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए ।
उनका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘लगभग मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ उनले भनिन् ।
स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।
आजै रातीवाट परिणाम आउने
आज रातीवाट नै परिणाम आउन सुरु गर्ने आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।
जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।