रौतहट– बाघको आक्रमणबाट रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडाध्यक्ष रामजीत चौधरी घाइते भएका छन् ।
शनिवार बिहान बाघको आक्रमणमा परी घाइते भएका वडाध्यक्ष चौधरीको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
गम्भीर अवस्थामा रहेका उनलाई आइसियुमा राखेर उपचार भइरहेको उनकी छोरी छोरी मधु कुमारी चौधरीले बताइन्।
शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो खत लागेको छ।
सोही क्रममा वडाध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासि बौराई चौधरी माथि आक्रमण गरेका थिए।
मितको साइनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडाध्यक्ष रामजीत चौधरी माथि बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।