काठमाडौं– स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।
निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको अवधिमा करिब ४५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । उसका अनुसार सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।
आयोगका अनुसार कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइसकेको छ ।
स्थानीय तहको भन्दा पनि वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएको र उक्त विवरणका आधारमा अहिलेसम्म करिब ५० प्रतिशत मत खसेको पाइएको हो ।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडामा वडा अध्यक्षको उपनिर्वाचन भइरहेको छ ।