काठमाडौं- आज सुनचाँदीकै मूल्य घटेको छ। गएको शुक्रबार बढेको सुनचाँदीकै मूल्य आज फेरि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेर एक लाख ५० हजार पाँचसय रुपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुनको मूल्य एक लाख ५० हजार नौसय रुपैयाँ थियो। शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको थियो।
अघिल्लो साताको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य तोलाको एक हजार आठसय ४५ रुपैयाँ थियो।
सरकारले भन्सारदर घटाएपछि गत साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।