+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

पालिका लाइभ
२०८१ मंसिर १४, शुक्रबार १४:४० गते

काठमाडाैं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आज (शुक्रवार) राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

गत साउन ११ गते आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको थियो ।

मौद्रिक नीतिको पहिलो त्रैमाससम्मको कार्यान्वयन स्थिति, आन्तरिक तथा बाह्य आर्थिक एवम् वित्तीय अवस्था तथा समष्टिगत आर्थिक परिदृश्यका आधारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि नीतिगत फेरबदल भने गरेको छैन ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।

यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।

पूर्णपाठ

[pdf-embedder url=”https://www.palikalive.com/wp-content/uploads/2024/11/FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board-1.pdf” title=”FIRST QUARTER REVIEW 81-82- final draft after board (1)”]

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ