+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

पालिका लाइभ
२०८१ मंसिर ९, आईतवार १६:१५ गते

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुने उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

रिक्त रहेका विभिन्न स्थानीय तहहरुमा मंसिर १६ गते उपनिर्वाचन हुने भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics