काठमाडौं– गरिमा विकास बैंक १८औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनी ऐनअनुसार २०६४ साउन २२ गते गरिमा विकास बैंकको स्थापना भएको थियो । २०६४ असोज २४ गतेदेखि वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको थियो ।
०६४ कात्तिक १८ गते वालिङ नगरपालिका ३ स्याङ्जाबाट कारोबार सुरु गरेको बैंकले साबिक निलगिरि विकास बैंक र शुभेच्छा विकास बैंकसँगको मर्जरपछि २०७२ असार २९ गते राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।
बैंकमा विविध पहिचान र अनुभवी सदस्यहरूको बाहुल्यता छ । जुन विविधतालाई बैंकले आफ्नो सबल पक्ष मानेको छ ।
बदलिँदो समय, बजार सुहाउँदो र प्रविधिको अधिकतम उपयोग गर्दै बैंकले देशैभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम काउन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्याङ्क अनुसार बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ, सञ्चित नाफा ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
बैंकले ८३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
तीन महिनामा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।