गोरखा– नेपालको साङ्गीतिक आकाशमा यति बेला नव कलाकारहरूको रुचि बढ्दो रूपमा रहेको छ । त्यसै गरी नवप्रबेशी कलाकार पनि प्रशस्त छन् । एक पछि अर्को गरी सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवती आइरहेका छन् ।
भने केही कलाकार केही वर्ष र केही गीत गाएर मात्र सीमित भएर हराएका पनि छन् । यसैबिच सानै उमेरदेखि गायनमा अत्यन्तै रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउँदै आएकी गायिका हुन कविता कुमारी श्रेष्ठ ।
जो एक दशक भन्दा लामो समय देखि अहिले सम्म अनवरत आफूलाई सक्रिय बनाउँदै आएकी छन् । तर उनको भविष्यको कुनै योजना र चाहाना भने छैन । भन्छिन् हामी कसैलाई थाहा छैन भविष्यमा के हुन्छ कसो हुन्छ तसर्थ जे छ त्यसैमा रमाउन पर्छ भन्ने सोच लिएर यस क्षेत्रमा लागिरहेकी गायिका श्रेष्ठले त्यसै अनुरूप मेहनत समेत गर्दैन ।
गायकी म क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो,
गायन र संगित भर्ने विद्यामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाई रहेका हुन्छन् ।
यसै क्रममा सांगेतिक क्षेत्रलाई हाँक्न सक्ने सम्भावना सहित गायनमा लागेकी हुन श्रेष्ठ ।
सिन्धुली जन्मथलो र काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी श्रेष्ठले विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल गायकी प्रस्तुत गरिसकेकी छन् उनी भन्छिन् बच्चा देखिकै चाहना भनेको गायिका नै बन्नु थियो ।
गायिकामा पोख्त कविता यसको अलावा आकर्षक सुन्दर मिलेको शरीर लुक्स र स्लिम शरीर मृग नयनी आँखा पिपलपाते ओठ अनि हाइट फिगर को पनि धनी सेक्सी एन्ड बोल्ड लुक्स नै उनी प्रतिको आकर्षण हो । मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबै सङ्ग सजिलै घुलमिल हुन सक्ने उनीको विशेषता हो ।
खेल र नयाँ ठाउँ घुम्न पनि उतिकै सौखिन छिन । अहिले सम्म ३ दर्जन भन्दा धेरै गीतमा काम गरी सकेकी श्रेष्ठलाई धेरै नयाँ गीतमा अफर आएका थिए तर आफ्नो व्यावसायिक कारणले समय दिन नसक्दा धेरै गीत छोड्नु परेको उनले बताइन ।
धेरै नयाँ काममा अफर आइरहने तर अहिले तत्काल आफ्नो व्यवसायको लागि समय दिनुपर्ने भएकाले उनले नयाँ गीत रेकर्ड गर्नलाई भने केही समय लाग्ने बताउँछिन् ।
प्रेमको विषयमा खासै खुलेर नबोल्ने गायिका श्रेष्ठ भन्छिन् । म अहिले सम्म सिङल नै छु प्रेम र विश्वास बिना यो सन्सारको कल्पना सम्म गर्न सकिन्न शारीरिक सम्बन्ध भनेको प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो यसलाई सही तरिकाले सही समय र सही व्यक्तिसंग मात्र सदुपयोग गर्न सक्नु पर्दछ ।
गीत सङ्गितमा लामो समय को त्याग तपस्या र साधना वाट आएकी गायिका कविताका थुप्रै हिट गीत बजारमा आएका छन् जसमध्ये “आमैले भन्थे धारा को पानी रिमेकमकै को घुङ्गा निदाऊ के सपनी मा आदि हुन ।
दर्शक श्रोताले आफ्नो गीत सुन्ने मन पराउने गर्छन् तर आफू भने दर्शकसंग परिचित हुन नर्पाउदा दुख लागेको उनले बताइन। कसैको साथ र सपोट बिना नै एक्लो दुखले यहाँ सम्म आए तर मिडियामा आउन नसक्नु कारणले अहिले प्रविधि अनुसार आफू पछि परेको जस्तो लाग्ने उनले बताइन ।
भन्छिन् यो लाइनमा धेरै मान्छेले कलाकार भएर कलाकारकै खुट्टा तान्ने प्रवृत्ति छ जसले नयाँ प्रतिभाले स्थान पाएको छैन । यस्ता प्रवृत्ति नहटेसम्म नयाँ प्रतिभाले स्थान नपाउने उनको विश्वास छ ।
गायिका श्रेष्ठको नयाँ गीत छिट्टै बजारमा आउने तयारीमा रहेको पनि उनले जानकारी गराइन ।
उनै गायिकाको चर्चित म्युजिक भिडियो