+
Search

ताजा अपडेट +

पपुलर +

आजको विनिमय दर : अमेरिकी डलरको भाउ नयाँ उचाइमा, अन्य मुद्राको दर पनि बढ्यो

पालिका लाइभ
२०८१ मंसिर ५, बुधबार ०७:०८ गते

काठमाडौं– बुधबार अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ। मंगलबार उच्च विन्दुबाट ओरालो लागेकव डलरको भाउ बुधबार पुनः उकालो लागेको हो।

त्यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ लगायत सबै विनिमय हुने मुद्राको दर पनि बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३४.७७ रुपैयाँ रहँदा बिक्री दर १३५.३७ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३४.७२ रुपैयाँ र बिक्री दर १३५.३२ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १४२.२२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.८५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४१.९६ रुपैयाँ र बिक्री दर १४२.५९ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १७०.२५ रुपैयाँ र बिक्री दर १७१.०१ रुपैयाँ रहेको छ। हिजो १ पाउण्ड स्टर्लिङको खरिद दर १६९.९६ रुपैयाँ र बिक्री दर १७०.७२ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ