काठमाडौं– एनआईसी एसिया बैंकले धमाधम आफ्नो स्वामित्वको सेयर बिक्री गर्न थालेको छ।
बैंकले सोमबार एकै दिन ४ वटा कम्पनीको सेयर बिक्री गरेर लगानी झिकेको हो।
बैंकले ७७९ रुपैयाँका दरले सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको ५० हजार कित्ता, २९७ रुपैयाँका दरले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ०५ कित्ता, १७८ रुपैयाँका दरले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता र १०१ रुपैयाँका दरले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि आवेदन दिन भनेको छ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि, यही मूल नारा लिएर गाउँ–गाउँ पुगेको एनआईसीले साथीकै राम्रो सम्पत्ति हड्पने गरेको तथ्य खुलेको छ । अनेकौँ कानुनी तिकडम गरेर व्यवसायी सुधीर बस्नेतको जग्गा हडपेसँगै बैंकको कर्तुत खुलेको हो । बैैंकले ओरियन्टल बिल्डर्सका सञ्चालक समेत रहेका बस्नेतको २४ रोपनी १९ आना जग्गा कब्जा गरेर उनलाई घर न घाटको बनाएको छ ।
बैंकिङ करियर सुरु गरेको दश वर्षमै कान्छो सिइओको रूपमा चर्चित र सेलिव्रेटी बनेका राेशन कुमार न्यौपानेले पहिलो चार वर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको लागि पुनः नियुक्ति भएका छन् । उही सेलिव्रेटी सिइओको एनआइसीमा कहिले साइबर ह्याकरहरूले आक्रमण गर्दै ‘स्वीफ्ट ह्याकिङ’, गुण्डागर्दी शैलीमा सर्वसाधारणको जग्गा हडप्नमा अग्रणी छ ।
काण्डै काण्डले भरिएको बैंक
नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआइसी रहेको छ ।
यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बाहिर आउने गरेका छन् । शुरुवाती दिनमाहरु सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकप्रति अहिले सबैको विश्वास छुट्दै गएको पाइन्छ ।
बैंकको नारा ‘बैंक पनि साथी पनि’ भनिए पनि बैंकले ग्राहकलाई गर्ने व्यवहार भने ‘दुस्मन’को जस्तो रहेको अधिकांश व्यवसायीहरुले खुल्ला रुपमा बोल्दै आएका छन्।
बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेका छन् । त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासा बजारमा प्रश्वता पाइन्छ ।
बैंकले ग्राहकलाई ठग्ने मात्रै नभएर नियमनकारी निकाय राष्ट्र बैंकलाई समेत छल्ने काम गरेको भन्दै कारबाही भोग्नु परेको थियो । बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरण फरक पठाएको थियो ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो । बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपैयाँको फर्जी कर्जा समेत देखाएर विवरण पठाएको थियो ।