+
Search

ताजा अपडेट +

पपुलर +

दूरसञ्चार प्राधिकरणलाई वर्ल्डलिंकले बुझायो एकमुष्ट सवा २ अर्ब, ६ महिनापछि लाइसेन्स नविकरण हुँदै

पालिका लाइभ
२०८१ कार्तिक ३०, शुक्रबार २०:३२ गते

काठमाडौं– वर्ल्डलिंकले राजस्व र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको एकमुष्ट सवा दुई अर्ब रकम बुझाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र आरटीडीएफ वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको हो ।

वर्ल्डलिंकले प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापत १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको छ ।

योसँगै अब कम्पनीको इजाजतपत्र (लाइसेन्स) नविकरणसहितको काम हुनेछ । योसँगै अब ६ महिनापछि कम्पनीको लाइसेन्स नविकरण हुने भएको हो । कम्पनीको लाइसेन्सको अवधिमा गत बैशाखामा सकिएको थियो ।

वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफको रकम नबुझाएको र बुझाउन नपर्ने तर्क गर्दै सर्वोच्च अदालतमा दायर भएको थियो । सो रिट गत वैशाख ३० मा खारेज भएको थियो ।

तर, सर्वोच्च अदालतले गत कात्तिक १३ गते मंगलबार राजस्व र आरटीडीएफको रकम तिर्नु पर्नेसहिको पूर्णपाठ सार्वजनिक गरेको थियो । त्यसपछि नै वर्ल्डलिंकले राजस्व र आरटीडीएफ वापतको रकम बुझाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ