+
Search

ताजा अपडेट +

पपुलर +

कृषि सामग्री कम्पनीमा जागिर खुल्यो (सूचनासहित)

पालिका लाइभ
२०८१ कार्तिक ३०, शुक्रबार १५:०९ गते

काठमाडौं– लोक सेवा आयोगले कृषि सामग्री कम्पनी लिमिटेडको विभिन्न पदहरूमा ठूलो संख्यामा स्थायी जागिरका लागि आवेदन खुला गरेको छ।

आयोगले शुक्रबार एक सूचना जारी गरी कृषि सामग्री कम्पनी लिमिटेडको खुला तथा समावेशी, आन्तरिक प्रतियोगिता र का.क्ष.मू. बढुवा तर्फको विज्ञापन खुला गरेको हो ।

उक्त सूचना लोक सेवा आयोगको सहमति र कम्पनी पदपूर्ति समितिको निर्णयानुसार प्रकाशित गरिएको हो। विभिन्न श्रेणी र सेवामा पदपूर्ति गर्न सूचनामा आवेदनका मापदण्ड, योग्यता, र प्रक्रिया उल्लेख गरिएको छ।

आवेदनका लागि कम्पनीको आधिकारिक वेबसाइटबाट अनलाइन आवेदन दिन सकिनेछ। यसका लागी आवेदन शुल्क रु. ५०० देखि रु. २,५०० सम्म तोकिएको छ। न्यूनतम शैक्षिक योग्यता स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण हुनुका साथै सम्बन्धित क्षेत्रमा तोकिएको अनुभव हुनुपर्नेछ।

आवेदनको समयसीमा सूचना प्रकाशनको मितिले २१ दिनभित्र तोकिएको छ भने ढिलो शुल्कसहित आवेदन दिने म्याद २७ दिनसम्म छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics