काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मालिकार्जुनबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर छ ।
घाइतेहरूलाई उपचारका लागि गोकुले अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।