काठमाडौं– सुनको मूल्य बिहीबार पनि घटेको छ । केही दिन अघिसम्म दैनिक बढेर रेकर्ड बेक्र गरेको सुनको मूल्य पछिल्लो केही दिन घट्न थालेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेको हो । तथ्यांक अनुसार आजका लागि छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको हो ।
तथ्यांक अनुसार सुनको मूल्य बुधबार प्रतितोला ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार १७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ वपा तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ३३ रुपैयाँ तोकिएको छ ।