+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, लोहनीकाे राजीनामा अझै भएन स्वीकृत

पालिका लाइभ
२०८१ कार्तिक २६, सोमबार १३:४४ गते

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमाको दायरा बढाएर ५ लाख पुर्‍याउने भनिरहँदा स्वास्थ्य बीमा बोर्ड भने नेतृत्वविहीन बनेको छ । 

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहीन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर, उनको राजिनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

नेपालमा स्वास्थ्य बीमा परिकल्पना गर्ने चरणदेखि प्रभावकारी कार्यान्वयन गर्ने चरणसम्म प्रमुख पात्र रहेका डा. लोहनीले सरकारले प्रीमियम बापतको रकम एकमुष्ट नदिएको र पर्याप्त बजेट बिनियोजान नगरेकोमा असन्तुष्ट थिए ।

बाहिर हचुवाको भरमा लोकप्रिय भाषण गर्ने तर दीर्घकालीन कुनै योजना नल्याउने नेतृत्वको रवैयाले डा.  लोहनीले राजीनामा दिएका थिए ।

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन ।

बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics