+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

पालिका लाइभ
२०८१ कार्तिक २६, सोमबार १०:२७ गते

काठमाडाैं– बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics