जनकपुरधाम- चाडपर्व सकिएलगत्तै राजनीतिक दलहरू उपनिर्वाचनको तयारी जुटेका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा रिक्त रहेको धनुषाधाम वडा नम्बर १ को वडाध्यक्ष पदका लागि सबै राजनीतिक दल तैयारीमा जुटेको हो ।
सो पदमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायत आन्तरिक तयारी जुटिरहेको बेला नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवार छनोट गरेको छ ।
धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारको रूपमा सुनिल कापरको नाम माओवादी केन्द्र धनुषाधाम नगरपालिका कमिटीले सर्वसम्मतरुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।
धनुषाधाम नगरपालिका-१, को वडाध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटी अनुमोदन गरेको भन्दै माओवादी केन्द्र धनुषाका नेता दीपक यादवले उम्मेदवार छनोट गरिएको नाम पार्टीको मधेश प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गरेको जनाएका छन् ।
वडाध्यक्ष उम्मेदवारीका लागि कापरको नाम वडास्तरीय कमिटीले निर्णय गरेपछि पार्टीको धनुषाधाम नगर कमिटी र जिल्ला कमिटीमा सिफारिस गरी पार्टी मधेश प्रदेश समिति र केन्द्रीय समितिमा समेत नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।