काठमाडौं– ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ ।
महानगरले आज बिहान डोजर र नगर प्रहरीहरू परिचालन गरी अनधिकृत संरचना भत्काएको हो । यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश दिएको थियो ।
ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो ।
मापदण्ड विपरीतको सो संरचना भत्काउन अदालतले आदेश दिएसँगै ललितपुर महानगरले डोजर चलाएको हो ।