काठमाडौं– नेदरल्याण्डसले आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुँदै १७४ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।
यो जितपछि नेदरल्याण्डस लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्डसको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडी हुँदै तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै युएईले भने लिग–२ मा नवौं हार बेहोरेको छ । युएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।