लमजुङ– राइनास नगरपालिकाले कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७९ सालदेखि व्यावसायिक कोदो उत्पादन बढाउन कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको मेयर खड्गबहादुर गुरुङले बताए ।
सम्भाव्यताका आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणामअनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो । नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको छ ।
नगरपालिकाले प्रति केजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको छ । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको छ ।
कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाँझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । कोदोमा अनुदानका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० बाट कार्यान्वयनमा ल्याएको अनुदान कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष ०८०/०८१ मा आठ लाख ८ हजार १ सय ४५ रुपैयाँ वितरण गरेको राइनास नगरपालिकाका नगर प्रमुख गुरुङले बताए ।
गत वर्ष राइनास नगरपालिकामा १ सय ६३ क्विन्टल अर्थात् १ लाख ६० हजार ३ सय ३२ किलो उत्पादन भएको कृषि शाखाले जनाएको छ । पालिकाको १० वटै वडामा कोदो उत्पादन भएको शाखाको तथ्यांक छ । १० वडा मध्ये सबैभन्दा धेरै वडा नं.९ मा ४७ हजार २ सय ७५ केजी, वडा नं. १० मा ३५ हजार ३ सय ४ केजी र वडा नं. २ मा ३० हजार ९ सय ९१ केजी कोदो उत्पादन भएको थियो ।
राइनासमा विशेष गरी वडा नम्बर ९ स्थित कुवा पानी र राम्चे तथा वडा नम्बर १० मा धेरै कोदो उत्पादन हुने गरेको छ ।
नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको छ ।
नगरपालिकाले १ सय २० केजी भन्दा धेरै कोदो उत्पादन गर्ने किसानलाई प्रतिकेजी ८ रुपैयाँ नगद र २ रुपैयाँ ५० पैसा बराबरको बोरा सहित ११ रुपैयाँ नगद अनुदान दिएको । गत वर्ष कुल उत्पादित मध्ये १ लाख १ हजार ५२ केजी कोदोमा नगद अनुदानको साथमा किसानले कोदो संकलनका लागि बोरासमेत पाएका छन् । उत्पादनमा आधारित अनुदानबाट कोदो खेतीमा संलग्न राइनासका ४ सय ९४ घरधुरी लाभान्वित भएका छन् ।
कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाँझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको नगरपालिकाका उपमेयर पुष्पराज खनालले बताए ।
कोदोमा अनुदानका लागि नगरपालिकाले गत आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ ।