काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेको हो । आज ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भएको छ ।
१२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३२० वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २३८ पटक शेयर किनबेच भएको छ ।
३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस्तै १३ वटा समूहमध्ये ८ वटा समूह घटेको छ भने बाँकी ५ वटा समूह बढेको छ । सबैभन्दा बढी म्यूचुअल फण्ड समूह १.०९ प्रतिशतले बढेर २१.५५ विन्दुमा पुगेको छ ।
त्यस्तै, विकास बैंक ०.७३ प्रतिशतले, फाइनान्स ०.७९ प्रतिशतले, हाइड्रोपावर ०.४६ प्रतिशतले, ड्रेडिङ समूह ०.२९ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी होटल एण्ड टुरिजम ०.७५ प्रतिशतले घटेर ६८०७.९६ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक ०.१६ प्रतिशतले, लगानी ०.३७ प्रतिशतले, जीवन बीमा ०.१३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले, लघुवित्त ०.०९ प्रतिशतले, निर्जीवन बीमा ०.८७ प्रतिशतले र अन्य समूह ०.१४ प्रतिशतले घटेको छ ।