विराटनगर- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। मन्त्री अधिकारी जापानको टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा भाग लिन अनुमति र जानकारीबिनै त्यहाँ पुगेका थिए।
विदेश भ्रमणका सामान्य प्रक्रिया पनि पुरा नगरेकाले मन्त्री अधिकारीलाई राजीनामा दिन मुख्यमन्त्री कार्कीले सुझाव दिएका थिए।
प्रदेशमन्त्रीहरु विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ।