+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई थप १० दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका लाइभ
२०८१ कार्तिक २०, मंगलवार १५:४९ गते

पोखरा- सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः अदालतमा लामिछानेलाई उपस्थित गराएको हो ।

पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिए पनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics