+
Search

ताजा अपडेट +

पपुलर +

‘सहकारी ठगी सम्बन्धी प्रतिवेदन कार्यान्वयन’ गर्न ७५३ वटै स्थानीय तहलाई सरकारकाे पत्राचार

पालिका लाइभ
२०८१ कार्तिक १९, सोमबार १९:४८ गते

काठमाडौं- सरकारले सहकारी ठगीबारे छानविन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ७५३ वटै स्थानीय तहमा पत्राचार गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा समितिको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो ।

मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेर सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख भएका सुझाव र शिफारिसहरु कार्यान्वयन गर्न भनिएको हो ।

सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयनका लागि सम्बन्धीत निकायमा पठाइरहेको छ ।

यही प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेता र सहकारी ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान प्रकृया अघि वढाइसकेको छ ।

सहकारीको दर्ता र नियमन जस्ता काममा स्थानीय सरकारको भूमिका र जिम्मेवारी हुने भएकाले सरकारले सो प्रतिवेदनले औँल्याएका शिफारिस र सुझाव कार्यान्वयनका लागि स्थानीय तहमा पठाइएको संघीय सरकारको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics