+
Search

ताजा अपडेट +

पपुलर +

‘कोम्रो डाँडामा धर्मशाला निर्माण’

पालिका लाइभ
२०८१ कार्तिक १६, शुक्रबार ०८:५८ गते

लमजुङ– दोर्दी गाउँपालिकाको कोम्रो डाँडामा धर्मशाला निर्माण गरिएको छ।

दुधपोखरी, मेमे पोखरीलगायत हिमालचुली हिमाल नजिकबाट नियाल्न जाने, आउने पर्यटकहरूको वासस्थानलाई सहजताको लागि उक्त स्थानमा धर्मशाला निर्माण गरिएको हो।

गाउँपालिकाले मेमे पोखरीपछि ४००० मि. उचाइमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको हो।

विगत केही वर्ष पहिले मेमे पोखरी तीर्थ यात्राको लागि गएका नवदम्पतीको वासस्थानको अभाव, नक्साङ्कनको अभावले कोम्रो डाँडामा मृत्युवरण गर्नु परेको थियो। अहिले सोही कोम्रो डाँडामा गाउँपालिकाले शौचालय सहितको धर्मशाला निर्माण गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।

योसँगै यसैवर्ष नौटाँचेमा पनि सोही किसिमको धर्मशाला बन्ने प्रक्रियामा रहेको पालिकाले जनाएकाे छ ।

लमजुङको दाेर्दी गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरू मेमे पोखरी,दूध पोखरी, ईलमपोखरी, बारपोखरी, लिपे, हिमालचुली, मनासलु, बौद्ध हिमाललगायतका रमणीय स्थलहरू तथा हिमशिखरहरूको अवलोकन गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics