काठमाडौं- सुनको भाउ बढेर अहिलेसम्मकै उच्च भएको छ। बुधबार कायम उच्च मूल्यको रेकर्ड बिहिबार तोडिएको छ।
बिहिबार प्रति तोला ३०० रुपैयाँ बढेपछि सुनको भाउमा नयाँ रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुनको भाउ प्रति तोला १ लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा २२ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रति तोला १५ रुपैयाँ सस्तिएको हो। चाँदीको भाउ २ हजार ९० रुपैयाँमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च हुँदै प्रति औंस २७८४.४५ डलर पुगेको छ। चाँदी प्रति औंस ३३.५५ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया