+
Search

ताजा अपडेट +

पपुलर +

साफको उपविजेता नेपाली महिला टोलीलाई काठमाडौं महानगरले दियो २५ लाख

पालिका लाइभ
२०८१ कार्तिक १५, बिहीबार ०९:५९ गते

काठमाडौं– काठमाडौं महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरीनै जोड्ने काम गरिराख्नु होला!’

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ