काठमाडौं- साफ महिला च्याम्पियनसिप २४ को फाइनल खेल्ने ११ खेलाडीको नाम सार्वजनिक भएको छ। एन्फाका अनुसार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा ११ खेलाडीको नाम सार्वजनिक भएको हो।
बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन भएको छ। रेखा पौडेलको स्थानमा सरु लिम्बुलाई मौका दिइएको छ। यसअघि भारतविरुद्धको सेमिफाइनलमा रेखालाई रातो कार्ड दिइएका कारण उहाँले खेल्न नपाउनुभएको हो।
नेपालले बुधबार साँझ ६ः३० बजे बंगलादेशसँग साफा महिला च्याम्पियनसिपमा फाइनल खेल्दैछ।
कप्तान तुम्बापोसहित नेपाली खेलाडीमा पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता राना मगर र अभिष कार्की हुनुहुन्छ।
अतिरिक्त खेलाडीमा उषा नाथ, समीक्षा घिमिरे, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, अञ्जना रना मगर, निशा थोकर र रजनी थोकर हुनुहुन्छ।
दवावमा नेपाल
खेलअघि नै नेपाल केही दवावमा छ । टीमकी एक प्रमुख स्ट्राइकर रेखा पौडेल यो महत्वपूर्ण खेलमा अनुपस्थित रहनेछिन् । उनले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिनु परेको थियो । उनले सेमिफाइनलको करिब आधा हिस्सा त गुमाइन् नै, फाइनल खेल पूर्णरुपमा गुमाउनु परेको छ ।
फुटबलको नियम अनुसार एउटा खेलमा रातो कार्ड पाएको खेलाडीले लगत्तैको अर्को खेलमा भाग लिन पाउँदैन ।
रेखा यस जारी साफ च्याम्पियनसीपमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता थिइन् ।
अब तेस्रो नम्बरमा रहेकी बंगलादेशकी ताहुरा खातुनले फाइनलमा तीन गोल गरेमा मात्रै भुटानी खेलाडीलाई भेट्न सक्नेछिन् ।