+
Search

ताजा अपडेट +

पपुलर +

क्व्होलासोथारमा अध्यक्षसँग झोला र पोशाक कार्यक्रम

पालिका लाइभ
२०८१ कार्तिक १४, बुधबार १६:१२ गते

लमजुङ– क्व्होलासोथर गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाक र झोला वितरण गरेको छ ।

अध्यक्षसँग झोला र पोसाक कार्यक्रम अन्तर्गत पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका तथा विपन्न परिवार विद्यार्थीलाई गाउँपालिकाले सो सहयोग प्रदान गरेको हो ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चालु आर्थिक वर्षबाट सुरु गरेको उक्त कार्यक्रम अन्तर्गत यस वर्ष विपन्न परिवारका जेहेन्दार ३ सय विद्यार्थीलाई विद्यालय पोसाक र ३ सय विद्यार्थीलाई झोला वितरण गर्ने लक्ष्य रहेको शिक्षा शाखा प्रमुख दीपक पौडेलले बताए ।

उनका अनुसार पालिका भित्रका २९ सामुदायिक विद्यालय मध्ये हाल सम्म २६ विद्यालयमा करिब २ सय विद्यालय पोसाक र २ सय झोला वितरण गरिएको छ ।

विद्यार्थीको आवश्यकता तथा सम्बन्धित विद्यालयको माग अनुसार विपन्न विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न विद्यालय पोसाक र झोला उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

बाँकी रहेका ३ विद्यालयका विद्यार्थीलाई पनि उनीहरूको आवश्यकता अनुसार पोसाक र झोला वितरण गरिने शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ