कैलाली– टीकापुरमा आज विमान परीक्षण उडान गरिएको छ। टीकापुर नगरपालिका १ स्थित बसपार्कनजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ।
आज टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको ९एन एबीयू नं र तारा एयरको ९एन/एईभी नंको विमान परीक्षण उडान गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताए। उनका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ।
स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले विसं २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याएका थिए। तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल वि सं २०५२ पछिको द्वन्द्वकाल सुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो।
झण्डै १८ बिघा जग्गामा निर्माण गरिएको उक्त विमानस्थलमा झण्डै चार दशक लाग्दै गर्दा उक्त विमान स्थलमा नियमित उडानका लागि आज नेपाल वायुसेवा निगम र तारा एयरको विमानले परीक्षण उडान गरेको छ ।