काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९ दशलमव १९ अंकले घटेको छ । आज दुई हजार ६१७.९५ अंकमा झरेर बजार बन्द भयो ।
यसदिन १४१ कम्पनीको शेयर घट्दा ९१ कम्पनीको शेयर भने बढेको छ । ५ वटा उपसमूहको शेयरमूल्य बढ्दा ८ वटाको भने घटेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माईखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने समृद्धि फाइनान्स र कालिञ्चोक दर्शनको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बजारमा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार धेरै हुने शीर्ष ५ कम्पनीमध्ये ३ वटा फाइनान्स छन्। आईसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले बढेको छ ।