+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग-२ : अमेरिकालाई घरेलु मैदानमै हराउने दाउमा नेपाल

पालिका लाइभ
२०८१ कार्तिक ११, आईतवार ०९:२० गते

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोली र अमेरिका भिड्दैछन्।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। सिरिजमा पहिलो खेल खेल्न लागेको नेपाली टोली सुःखद सुरुवात गर्ने योजनामा छ।

उता आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको अमेरिका नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ।

क्यानडामा सिरिज खेलेर अमेरिका पुगेको नेपाली टोली त्यहाँ तीन खेलको टी–२० सिरिज खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले क्लीनस्विप गरेको थियो। तर अमेरिकासँगको एक दिवसीय अभ्यास खेलमा भने नेपाली टोली पराजित भएको थियो।

पछिल्लो समय ओडीआईमा खराब प्रर्दशन गर्दै आएको नेपाली टोली पुराना नतिजालाई बिर्सेर सिरिजमा नयाँ सुरुवात गर्न चाहन्छ। सिरिजकै लागि लेग स्पीनर सन्दीप लामिछाने अमेरिका पुगिसकेका छन्।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेको छ।

लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी।

रिजर्भ प्लेयरः देव खनाल र सागर ढकाल

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ