+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता

पालिका लाइभ
२०८१ कार्तिक ७, बुधबार ०६:४२ गते

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानाडा जाने विद्यार्थी, स्थायी रूपमा क्यानाडा बसाई सरी जाने आप्रवासी तथा फेडरल स्किल्ड वर्करहरूले आईसीआईसीआई बैंक क्यानाडाको विभित्र बैंकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ।

ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा समेत ग्लोबल आईएमई बैंक सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ