+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षलाई कार्यावाहक नगर प्रमुखको जिम्मेवारी : तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

पालिका लाइभ
२०८१ कार्तिक ४, आईतवार १८:२० गते

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले वडा नं ११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई कार्यावाहक प्रमुखको जिम्मेवारी दिन गरेको निर्णय अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले यस्तो आदेश दिएको हो।

वडाध्यक्षलाई कार्यावाहक मेयरको जिम्मेवारी दिने निर्णयविरुद्ध उपमहानगरका उपप्रमुख अइन्द्र विक्रम बेघाले अदालतमा चुनौति दिएका थिए।

अन्तरिम आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हो? भाग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोसमेत उल्लेख गरी यो म्याद सूचना प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूले आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनपत्रको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नू।’

आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाध्यक्ष फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ