काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
छुट सम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोस्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढि सेवा केन्द्र रहेका छन्।