+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा गाउँपालिकामा गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर

पालिका लाइभ
२०८१ कार्तिक १, बिहीबार ०८:३७ गते

गोरखा– गण्डकी गाउँपालिकाले जनताको गुनासो सुन्न गाउँपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएकाे छ । गाउँपालिकाले नेपाल टेलिकमका प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्ने गरी टोल फ्री नम्बर प्रयोगमा ल्याएको हो ।

गाउँपालिका भित्र भएका काम, सेवा प्रवाह, सामाजिक कुरीति, महिला, बालबालिका तथा वृद्धा वृद्धाहरूमा हुने विभिन्न प्रकारका भेदभाव सम्बन्धी गुनासो सुनुवाइका लागि टोल फ्री नम्बर प्रयोग ल्याएको छ ।

स्थानीय सरकार सञ्चालनमा सल्लाह सुझाव जिज्ञासा गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्री नम्बरमा सम्पर्क गर्न गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले आग्रह गरेका छन्। उनले स्थानीय सरकारको गतिशीलता, पारदर्शिता, जबाफदेहिता सुशासनका लागि नि:शुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको बताए।

जनता र स्थानीय सरकारबिच गुनासो सुन्ने र सम्बोधन गर्ने परिपार्टीको विकास भए सम्बन्ध प्रगाढ हुने उनको बुझाइ छ ।

१८१०५००००७६ मा फोन गर्दा पैसा नलाग्ने र फोनबाट टिपाएका गुनासा तथा उजुरी महत्वका साथ हेरेर त्यसको छिनोफानो गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ