काठमाडौं– स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । आज दिउसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजीनामा दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिवसमेत रहेका लोहनीलाई १३ मंसिर ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
नेपालमा स्वास्थ्य बीमा परिकल्पना गर्ने चरणदेखि प्रभावकारी कार्यान्वयन गर्ने चरणसम्म प्रमुख पात्र रहेका डा. लोहनीले सरकारले प्रीमियम बापतको रकम एकमुष्ट नदिएको र पर्याप्त बजेट बिनियोजान नगरेकोमा असन्तुष्ट थिए ।
बाहिर हचुवाको भरमा लोकप्रिय भाषण गर्ने तर दीर्घकालीन कुनै योजना नल्याउने नेतृत्वको रवैयाले अन्ततः एक जिम्मेवार व्यक्ति थाकेर राजीनामा दिएको बताइन्छ । राजीनामा बुझाउँदै गर्दा उनले सामाजिक सञ्जालमा लेखेको फेसबुक पोस्टले समेत यसको झल्को दिन्छ ।
डा लोहनीले बोर्डमा आएपछि के गरे?
लाेहनीले नेतृत्वमा बोर्डमा दोस्रो कार्यकालमा बीमाको दायरा विस्तार गर्दै देशका विभिन्न दुर्गम र सहरिया क्षेत्रहरूमा स्वास्थ्य बीमाको पहुँचलाई सुलभ गराउन मद्दत पुर्यायो। यसले ग्रामीण तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँचको सुनिश्चितता प्रदान गर्यो।
स्वास्थ्य सेवाको गुणस्तर सुधार: स्वास्थ्य बीमा अन्तर्गत सेवाको गुणस्तर सुधार गर्न विभिन्न नीति तथा निर्देशनहरू लागू गरियो। स्वास्थ्य सेवामा पारदर्शिता बढाउने र दुरुपयोगलाई नियन्त्रण गर्ने उपायहरूलाई प्राथमिकता दिइयो।
डिजिटलीकरण
बीमाको प्रक्रियामा प्रविधिको प्रयोगमा जोड दिँदै, बीमाको दर्ता, नवीकरण, दाबी प्रक्रिया लगायतका कामहरूलाई अनलाइन प्लेटफर्ममा ल्याउने काम भएको छ। यसले स्वास्थ्य बीमासम्बन्धी कामकाजलाई सरल, छरितो, र प्रभावकारी बनाएको छ।
स्वास्थ्य संस्था र सीमितहरू बिच समन्वय वृद्धि गर्न प्रणालीमा सुधार गरियो। यसले सेवा प्रदायकहरूले सीमितहरूलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न सक्ने वातावरण सिर्जना गर्यो।
आर्थिक अनुदान र सहायता मार्फत विपन्न र संवेदनशील वर्गलाई निःशुल्क स्वास्थ्य सेवाको लागि प्रेरित गर्दै थियो।
नेपालमा बिमा कार्यक्रम प्रभावकारी बनाउन दिनरात खटिरहेका डा. लोहनीको राजीनामाले अब स्वास्थ्य बिमाको भविष्य के हुने चिन्ता व्यक्त हुन थालेको छ ।